नेपाली कम्पनीले विदेशी पुँजी बजारमा सूचीकृत हुन नपाउने

फागुन, १४ काठमाडौ — सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउन यहाँका पब्लिक कम्पनीलाई विदेशको पुँजी बजारमा सूचीकृत भई ऋणपत्र जारी गरेर विदेशी मुद्रा ल्याउने बाटो खोल्न लागेको छ ।
अपेक्षित रुपमा विदेशी लगानी नआइरहेको बेला विदेशी लगानीकर्ता आर्क्षित गर्न सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन संसोधन र एकिकरण गर्न बनेको प्रस्तावित विद्येयक, २०७५ मा नयाँ व्यवस्था रोखेको हो ।
सरकारले लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको विद्येयक सोमबार संघीय संसद्मा दर्ता भएको छ ।