भ्रष्टचारको आरोपमा सिनियर डिभिजन इन्जिनियर गिरी अख्तियारको हिरासतमा

 

फागुन १३, काठमाडौं—रुपन्देही जिल्लाका पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजन इन्जिनियर लालु गिरीलाई अख्तियारले छानविनका लागि हिरासतमा लिएको छ ।

भोजपुरमा प्रमुख जिल्ला इन्जिनियर रहदा गिरिलाई सडक निर्माणको विल भुक्तिानीमा अनियमितता भएको उजुरी परेको थियो । उक्त उजुरी छानबिनको क्रममा कैफियत देखिएकाले थप अनुसन्धानका लागि गिरीलाई हिरासतमा राखिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले इमेल खवर डटकमलाई वताए ।