काग्रेस मुख्यालयमा झडप, अवस्था सामान्य वन्दै

 

फागुन १२, काठमाडौ—नेपाली कांग्रेसको मुख्यालय सानेपामा झडप भएको छ ।

सभापती शेरबहादुर देउवा पक्ष र अन्य पक्षका विद्यार्थी बिच नेविसंघमा ३२ वर्षे हदबन्दीको विषयमा चर्केको विवादले झडपको रुप लिएको हो ।

दुवै समुहका विद्यार्थीहरु जुलुस सहित काग्रेस केन्द्रिय कार्यालय पुगे संगै ढुङ्गा हानाहान गरेका थिए । झडप सामान्य वनाउन प्रहरीले लाठि चार्ज समेत गरेको छ ।

ललितपुर प्रहरी परिसरका डिएसपी अपिलराज वोहोराले अवस्था सामान्य भएको र थप खतरा नहोस भनेर दुवै समुहलाई छेकिएको वताएका छन । उनले केहि विद्यार्थी सामान्य घाइते भएको समेत इमेल खवर डटकमलाई वताए ।