काम गर्न नदिएको भन्दै न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

फागुन, ७ काठमाडौ — सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । आफूलाई काम गर्न नदिइएपछि राजीनामा दिएको उनले बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।
प्रधानन्यायाधीशमा सिफारिस जोशी साउन १८ मा पहिलो पटक जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए । प्रधानन्यायाधीशमा राणा आएपछि जोशीलाई मुद्दा हेर्न दिएका थिएनन्। जोशीको जिम्मेवारी पुस १९ देखि नै खोसिएको थियो। त्यसपछि जोशी बिदामा बस्दै आएका थिए ।