स्ववियू निर्वाचन गराउन समिति गठन

फागुन, ६ काठमाडौ – स्ववियू निर्वाचन सम्पन्न गराउन त्रिभुवन विश्वविद्यालयले समिति गठन गरेको छ । शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको संयोजकत्वमा ७ सदस्यीय केन्द्रीय समन्वय तथा निरिक्षण समिति गठन गरिएको हो ।

फागुन १४ मा तोकिएको मितिमा स्ववियू चुनाव नहुने पक्का भएपछि त्रिविले समिति गठन गरेको हो । समितिले बैठक बसेर निर्वाचनबारे आवश्यक निर्णय लिनेछ ।

निर्वाचन कार्यतालिका सार्वजनिक गरेर तोकिएकै मिति फागुन १४ मा स्ववियू निर्वाचन गराउन माग गर्दै सत्तारुढ दलका विद्यार्थी संगठनहरुले त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन् ।