फागुन, ४ काठमाडौ — नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी शुक्रबार नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले हवाई सुरक्षा चासोका विषयमा विचारविमर्श गरेका हुन् ।
पर्यटनमन्त्रीसहित प्राधिकरणका उच्च अधिकारीसँग र ईयूका राजदूतबीच भएको छलफलमा दुई भिन्न निकाय बनाएको खण्डमा हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन सहयोग पुग्ने राजदूतहरुको धारणा थियो ।