घुषकाण्डमा मुछिएका भनिएका अख्तियार आयुक्तले दिए, राजीनामा

फागुन ३, काठमाडौं – घुषकाण्डमा मुछिएका भनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । अख्तियार आयोगका आयुक्त पाठकले आजै दिउँसो शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा वुझाएका हुन् ।

आयुक्त पाठकलाई संसदले महाअधियोग लगाउने तयारी गरिरहेका बेला, भ्रष्टाचारको कारवाहीबाट जोगिने अवस्था नरहेको भन्दै उनले राजीनामा दिएका हुन् ।

यस अघि विवेकशील नेपाली दलले अख्तियार आयुक्त पाठकलाई महाअभियोग लगाउन माग गरेको थियो । शुक्रबार विज्ञप्ति जारी गर्दै विवेकशील दलले राजीनामाको दवाव दिन नभई महाभियोग लगाउन संसदसँग माग गरेको थियो ।

आयुक्त पाठकलाई भक्तपुरमा इन्जिनियरिङ क्याम्पस खोल्ने विषयमा पाठकले घुस लिएको भन्ने भिडियो सार्वजनिक भएको समाचारहरु प्रकाशित गरिएका थिए ।