फागुन३, काठमाडौं –हिरो महिला गोल्डकप फुटबल नेपालले आज राति म्यानमारसँग भिड्दै छ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा हिरो महिला गोल्डकप फुटबल उपाधिका लागि नेपाल र म्यानमारबीच फाइनल प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
राउण्ड रोविनको आधारमा म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहंदै फाइनलमा पुगेका हुन् । राउण्ड रोविन लिगमा तीन खेलमा तीनै खेल जित हात पार्दै म्यानमारले ९ अंक बनाएको थियो । यता, नेपालले भने तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर फाइनलमा पुगेको होे ।
नेपाल र म्यानमार फाइनलमा पुग्दा आयोजक भारत र इरान भने लिग राउण्डबाटै बाहिरीसकेको छ । पहिलो खेलमा नेपालले म्यानमारसँग ३–० गोल पराजित हुनपरेको थियो । नेपालले म्यानमारलाई फाइनलमा हराउदै हिरो महिला गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको छ ।