फागुन३, काठमाडौं –युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीको जीत भएको छ । युरोपा लिग फुटबलअन्तर्गत राउन्ड अफ ३२ को पहिलो लेगमा चेल्सीको जीत भएको हो ।
बिहीबार राति भएको खेलमा चेल्सीले माल्मो एफएफलाई २–१ गोलअन्तरले हराएको थियो । रोस बारक्लीले र ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई जिताएका हुन् । उता माल्मोका लागि एन्डर्स क्रिष्टियनसेनले पनि गोल गरेका थिए ।
खेलको ३०औं मिनेटमा नै बारक्लीले गोल गरे भने ५८औं मिनेटमा जिराउडले अर्काे गोल गरेपछि चेल्सीलाई २–० गोलको अगाडी वढेको थियो । खेलको ८० मिनेटमा क्रिष्टयनसेनले पनि गोल गर्दै माल्मोलाई २–१ को स्थितिमा ल्याएको थियो ।