प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

फागुन, १ काठमाडौ — प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन  ओलीले अपराह्न ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडिबाट सम्बोधनको कार्यक्रम राखिएको छ । सम्बोधनमार्फत् ओलीले सरकारले एक वर्षमा गरेका कामबारे जानकारी गराउने छन् ।