कांग्रेसको विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग

माघ २९ काठमाडौं — कांग्रेसको विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नेविसंघको कार्यसमिति भंग गरेको हो ।

बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको हो । यसले नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन सदस्यहरु बदर भएका छन् ।

गत सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरले यसअघि नै राजीनामा दिएका छन् । ७ जना पदाधिकारीले भने केही समय अघि नै राजीनामा गरिसकेका थिए ।