दुई करोड ५० लाख धरौटीमा रिहा भए गोपाल खड्का

माघ, २९ काठमाडौं – नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दुई करोड ५० लाख धरौटी बुझाएर रिहा भएका छन् ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवामा रहँदा १८ करोड भन्दा बढी गैरकानुनी रुपमा आम्दानी गरेको भन्दै विशेष अदालतमा यही पुस २३ गते मुद्दा दायर गरेको थियो ।

अख्तियारको अनुसन्धाबाट खड्काले सात करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति पारिवार बाहेकका अरु व्यक्तिको नाममा समेत राखेको खुलेको छ ।