एउटै मण्डपबाट वाहुन र नेवार केटाको दलित दिदिवहिनीसँग मागी विवाह

माघ२९, काठमाडौं – जातियताको नाउँमा नेपाली समाज कट्टर छ । दिनहु जातिय भेदभाव र छुवाुछतका घटनाले ठाउ पाईरहेका छन् । फेरी पनि यस्ता भेदभाव र छुवाछुतको चिरफार र अन्त्यका लागि कडा संघर्ष र विरोधका कार्यक्रमहरु पनि भईरहेका छन् ।

जातीय भेदभावलाई जरैदेखी उखाड्न सामाजिक संघ संघसंस्था र अधिकारवादीहरु खुलेर लागिरहदा पानी चल्ने कथित माथिल्ला जातिका केटाहरुले पानी नचल्ने तल्ला जातिका दलित केटीहरुसँग अन्तरातिय विहे गर्न थालेका छन् । त्यो पनि विवाह मण्डपबाटै मागी विवाह ।

यो उदाहरणीय सामाजिक कार्य वराहक्षेत्रको चतरास्थित पुनर्वासमा आइतबार भएको हो । बाहुन र नेवार समुदायका दुलाहाले दलित युवतीलाई एकै मण्डपमा विहे गर्र्दै यो उदाहरण पेश गरेका हुन् ।

वराहक्षेत्रको चक्रघट्टीमा मोहन शर्मा र सुजिप श्रेष्ठले एकै घरको दिदीबहिनीसँग विहे गरेका छन् । मोहनले माइली बहिनी रञ्जनासँग र सुजीपले जेठी बहिनी सृजना बराइलीसँग विवाह गरे । स्कुल पढ्दैदेखि मायाप्रेममा हुर्किएका उनीहरुले यो शाहस गरेका हुन् ।

२१ औं शताब्दीमा यस्ता प्रयाशले सामाजिक कुरीति विसंगती तथा विभेदको अन्त्य भई सामाजिक अन्तर्घुलन हुने विवाहित जोडीहरुको धारणा रहेको छ ।