माघ, २८ काठमाडौ —प्रमुख सत्तारुढ दल नेकपाले जनयुद्ध दिवस मनाउने भएको छ । फागुन १ मा जनआन्दोलनका सहिदको सम्मानमा देशभर बिबिध कार्यक्रम गरि मनाउने भएको छ ।
महासचिव विष्णु पौडेलले सर्कुलर जारी गरी जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा १ फागुन मा देशभर कार्यक्रम गर्न निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम हुने भएको छ ।
यसअघि तत्कालीन माओवादी घटक दलहरूले हरेक वर्ष १ फागुनमा आ–आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आएका थिए ।