चेल्सीविरुद्ध सिटीको शानदार जीत

माघ, २८ काठमाडौ — इङ्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सीविरुद्ध म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ ।
घरेलु मैदान इत्तिहाद स्टेडियममा चेल्सीलाई ६–० को फराकिलो अन्तरले हराउँदै म्यान सिटी तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।