अन्योलमा मेलम्ची आयोजना

 

माघ, २८ काठमाडौ — मेलम्चीको ठेकेदार कम्पनीले काम छाडेर हिँडेसँगै मेलम्चीको पानी उपत्यका कहिले भित्रिने भन्नेमा बारेमा अन्योल भएको छ । मेलम्ची खानेपानी आयोजना र ठेकेदार कम्पनी सिएमसी राभेनाबीचको ठेक्का रद्द भएसँगै मेलम्ची कहिले भित्रिने भन्ने बिषयमा निश्चित भएको छैन ।
एक साताभित्र मेलम्चीको खानेपानीको गतिरोध अन्त्य हुने दाबी मन्त्रालयले गरेपनि यसबारे सरकारले कुनै पनि चासो दिएको छैन । खानेपानी मन्त्रालयका सचिवको अध्यक्षता रहेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड पाँच सदस्यीय छ।