माघ २६ गते तपाईको आज (राशिफल)

जोतिषचार्य शिवराज रेग्मी

मेष राशि —आकस्मिक रुपमा धन हराउन सक्छ । आटेको काम पुरा हुनलाई बढि मेहनत गर्नुपर्ने छ । मन निराश रहनेछ ।

वृष राशि —अतिथि सत्कारको अवसर प्राप्त हुनेछ । प्रेम प्रेम प्रस्ताव आउँन सक्छ । लामो समयसम्म रोकिएको धन हात पर्नेछ ।

मिथुन राशि — सामाजिक कार्यमा सहभागि हुने अवसर मिल्नेछ । कार्य कुशलताले अरुको मन जित्न सकिएला । परोपकारमा मन जानेछ ।

कर्कट राशि —सन्तानको सहयोग मिल्नलाई गाह्रो देखिन्छ । अनावश्यक यात्राले थकित बनाउँनेछ । सम्बन्धमा समस्या आउँला ।

सिंह राशि —प्रतिष्पर्धामा असफलता मिल्नेछ । राजनैतिक कार्यबाट विशेष हानी हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउँला ।

कन्या राशि — प्रेमी प्रेमीका मिलनको अवसर छ । जग्गा गाडी जोड्ने योग छ । धार्मीक कार्यमा रुची बढ्नेछ ।

तुला राशि — प्रतिस्पर्धामा सफलता मिल्नेछ । वौद्धिक कार्यबाट अरुको मन जित्न सकिएला । नयाँ कार्यको सुरुआत हुनेछ ।

वृश्चिक राशि — भाग्यको साथ मिल्नलाई गाह्रो हुनेछ । संकाले गर्दा सम्बन्धमा समस्या बढ्दै जानेछ । मन अस्थिर रहनेछ ।

.
धनु राशि — आर्थिक हानी बेहोर्न पर्नेछ । सामान्य चोटपटकको सम्भावना देखिन्छ सावधान रहनु होला । अरुको बोलीका कारण मनमा चोट पर्न सक्छ ।

मकर राशि —नयाँ मित्रसँग भेटघाट हुने अवसर मिल्नेछ । आर्थिक लाभ हुनेछ । वैदेशिक यात्राको योग देखिन्छ ।

कुम्भ राशि — मनप्रतिष्ठामा आचँ आउनेछ । खर्च बढ्न सक्छ । मनोरञ्जनमा बढि समय खर्च होला ।

मीन राशि —आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । वौद्धिक क्षमतामा विकास हुनेछ । मानसम्मान प्राप्त हुनेछ ।

यसदिनमा बिहान ९ देखि १०.३० बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।