उपराष्ट्रपति पुन र साउदी राजदूत मुसद बिन बिच शिष्टाचार भेटबार्ता

 

माघ, २२ काठमाडौ —उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानीले मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर शिष्टाचार भेट गरेका छन् ।

भेटमा पुनले नेपालमा लगानी गर्न राजदुतसंग आग्रह गरेका छन् । उनले नेपाल र साउदी अरबियाबीच औपचारिक सम्बन्ध स्थापना भएको ४२ वर्ष पुगेको र हाल जनस्तरसम्म विस्तार भइरहेको बताए। उनले विभिन्न माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्ने बताए ।

मारवानीले साउदी र नेपालको सम्बन्ध प्रगाढ बन्दै गइरहेको बताए। उनले दुई देशबीच उच्चस्तरीय भ्रमणको आवश्यक रहेको उल्लेख गरेका छन् ।