साउन ९, काठमाडौं – सरकारले राष्ट्रिय सहमती बिना नैं भारतसंग बिद्युत ब्यवपार लगाएत अन्य महत्वपुर्ण सम्झौता गर्न लागेको भन्दै नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आज काठमाडौंमा विरोधमा प्रदर्शन गर्दैछ । भारतद्वारा हालै नेपाल सरकारलाई प्रस्तावित गरिएको विद्युत व्यापार र सीमा सम्झौताकोबारेमा सरकारले सबै दलसंग छलफल नगरि एकलौटी ढंगले राष्ट्रको हित बिपरित सम्झौता गर्न लागेको भन्दै बिरो प्रर्दशन गर्न लागेको हो । भारतले नेपालसंग बिद्युत ब्यवपार लगाएत अन्य महत्वपुर्ण सम्झौताको तयारिका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज साँझ काठमाडौं आउदै छिन । उनि आउनु अघि नैं आज अपर्राहन्न ४ बजे रत्नपार्क स्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गर्न लागिएको नेकपा माओबादीले जनाएको छ । भारतले गरेको बिद्युत ब्यापार सम्झौताको प्रस्ताव नैं नेपालीको हित बिपरित र राष्ट्रियतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै ३३ दलले आज र भोलि बिरोध प्रदर्शन गर्ने जनाएको छ ।