माघ १७, काठमाडौ–लामो समय देखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।
बैठक सुरु भएको सभामुखले वताए लगतै कांग्रेस सांसदहरु आफ्नो आफ्नो स्थानवाट उभिएर विरोध जनाएका थिए । उनिहरुका कुुरा सुन्न सभामुख कृष्ण वहादुुर महराले कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए ।
संसदबाट चिकित्सा शिक्षा विद्येयक गलत प्रक्रियाले पारित भएको वताउदै त्यसलाई परिमार्जन गरेर एउटा सत्याग्रही डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने सांसद रिजालले बताए । उनले जवरजस्ती चिकित्सा शिक्षा विद्येयक पारित गरेकोमा आपत्ति प्रकट गर्दै तत्काल परिमार्जन गरि गोविन्द केसीको जीवन रक्षा गर्न माग गरे ।
उनले अब संवादको वाटो खोजेर चिकित्सा शिक्षा विद्येयक परिमार्जन गर्न र केसीको माग पुुरा गर्न सांसद रिजालले सभामुखलाई आग्रह गरे ।