सरकार विरुद्ध देशव्यापी आन्दोलन गर्ने काँग्रेसको वृहत तयारी

माघ १४, काठमाडौं — काँग्रेसले देशव्यापी प्रदर्शन गर्ने भन्दै आन्दोलनको तयारी गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आईतबार बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले माघ २१ गते देशभर ७७ वटै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

माघ ११ गते संसदमा जवरजस्ती विधेयक पास गरेको घटना, डा. गोविन्द केसीको अनसनप्रति वेवास्ता, नेपाली काँग्रेसका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न खोजिएको प्रयास लगायतका सरकारको निर्णय  विरोध प्रदर्शनका  मुख्य एजेण्डाहरु हुन् ।

बैठकले माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालकको वल प्रयोग गरी चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै घटनाको घोर भत्सना गरेको छ ।

त्यसैगरी कांग्रेस बैठकले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितीा संवैधानिक परिषद्को बैठक बसी नियुक्तिका निर्णय गरिनु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको भएको ठकर गरेको छ ।

माघ २१ गतेको प्रदर्शनका लागि कांग्रेसले सबैलाई अपिल गर्दै केन्द्रीय समितिको अर्को बैठक आज सोमबार अपरान्ह १ वजे बोलाइएको छ ।