माघ १३ गते ( आजको राशिफल)

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशि — कला साहित्यमा रुचि बढ्नेछ । विद्यामा सफलता हासिल हुने समय छ । कार्यमा पदोन्नोतीको हुनेछ ।

वृष राशि — प्रतिस्पर्धामा सफल भैनेछ । राजनितिक क्षेत्रबाट विशेष मानसम्मान मिल्ने अवसर प्राप्त होला । लामो समय रोकिएको धन हात पर्नेछ ।

मिथुन राशि —व्यापारमा घाटा हुनसक्छ । अनावश्यक कार्यमा मन जानाले झमेला आईपर्न सक्छ । सामाजिक विचलन आउँनेछ ।

कर्कट राशि —नजिकको मान्छेबाट धोका हुनसक्छ । नयाँ कामको थालनी गर्नलाई ढिलाई हुनेछ । स्वास्थ्यका प्रतिकुलता आउँनेछ ।

सिंह राशि —चिताएको काममा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग देखिन्छ । प्रमीको सहयोगबाट गरेको काममा सफलता मिल्नेछ ।

कन्या राशि —अरुको लागि समय खर्च हुनेछ । काममा बढि परिश्रम खर्चनु पर्नेछ । खानाका कारण स्वास्थ्यमा समस्या आउँन सक्छ अल्लि सचेत रहनु होला ।

तुला राशि — प्रेमसम्बन्धको कारण मन खुशी हुनेछ । परोपकार र सामाजिक कार्यमा मन जानेछ । अध्ययनमा रुचि बढ्नेछ ।

वृश्चिक राशि —जग्गा जमिनको कारणले पारिवारिक सम्बन्धमा समस्या बढ्नेछ । अनावश्यक कुरामा खर्च बढ्दै जानेछ । गरेको काम असफल हुनेछ ।

धनु राशि —लागि मित्रसँग भेटघाटको अवसर जुर्नेछ । बौद्धिकतामा निखार आउँनेछ । रचनात्मक काममा रुचि बढ्नेछ ।

मकर राशि —लागि व्यापारमा नयाँ अवसर प्राप्त हुनेछ । कार्यस्थलमा सहकर्मीको सहयोगले आटेको काममा सफलता मिल्नेछ । धार्मिक क्षेत्रको यात्रा हुनेछ ।

कुम्भ राशि —पितासँगको सम्बन्धमा समस्या आउँनेछ । गलत निर्णयले गर्दा पछि पश्चताप हुनेछ । सम्बन्धमा समस्या आउँन सक्छ ।

मीन राशि —जोश जागर घट्नेछ । काममा केही बाधा आउँन सक्छ । स्वास्थ्यमा समस्या बढ्दै जानेछ ।

यसदिनमा बेलुका ४.३० देखि ६ बजेसम्म राहुकाल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।