आहा ! रारा गोल्डकपको प्रतियोगी विजेताले ८ लाख १ हजार पुरस्कार पाउने

माघ १२, पोखरा । आहा ! रारा गोल्डकपको १७ औं संस्करणमा विजेताका लागि ८ लाख १ हजार, पुस्कारको व्यवस्था गरिएको छ ।

फागुनको दोश्रो साताबाट शुरु हुने मोफसलकै प्रतिष्ठित आहा ! रारा गोल्डकपको १७ औं संस्करणमा विजेतका लागि उक्त पुरस्कारको व्यवस्था गरिएको हो ।

त्यसैगरी उपविजेताले ४ लाख १ हजार पाउने छन् भने उत्कृष्ट खेलाडीको लागि पनि मोटरसाइकलको व्यवस्था गरिएको छ ।
उत्कृष्ट राष्ट्रिय फुटबललाई नगद ३५ हजारसहित सम्मान पनि गरिने क्लबले जनाएको छ ।

सहारा क्लब पोखराको आयोजनामा फागुन ९ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगितामा १० टिम सहभागिता हुनेछन् ।

प्रतियोगिताबाट क्लवले एक करोड ३० लाख १ हजार आम्दानी गर्ने लक्ष्य राखेको छ । तर प्रतियोगिताको खर्च पनि ९७ लाख ९८ हजार ९ सय रुपैयाँ हुने अनुमान गरिएको छ ।