माघ १२ गते तपाईको आज (राशिफल )

 

 

जोतिषचार्य शिवराज रेग्मी

 

मेष राशि — आफ्नो क्षमताले प्रभूत्व पाउँनेछ । गरेको काममा विशेष लाभ मिल्नेछ । विशिष्ट व्यक्तिसँग भेट हुनेछ ।

वृष राशि — व्यापारको समस्या आउँनेछ । आफ्नो चाहना विपरित आउँने निर्णयले मन दुखि बनाउँछ । अध्यनमा मन नजाने ।

मिथुन राशि —झुटो आरोप लाग्नाले मान सम्मानमा ठेस पुग्नेछ । प्रेम प्रस्ताव अस्विकार हुनसक्छ । नजिकको मान्छे टाढा हुन सक्छन् ।

कर्कट राशि —व्यक्तित्वमा निखार आउँनेछ । पराक्रम बढ्दै जानेछ । रमाईलो यात्राको अवसर मिल्नेछ ।

सिंह राशि — वैदेशिक काममा ढिलाई हुनेछ । मनमा सङ्का बढ्दै जानेछ । व्यापारमा घाटा सहनु पर्ला ।

कन्या राशि —लामो समयसम्म रोकिएको काम बन्नेछ । शुभ समाचार सुन्न पाईन्छ । सामाजिक मानसम्मान प्राप्त होला ।

तुला राशि —बसाईसराईको योग देखिन्छ । आफ्नो बुद्धिको गलत ठाउँमा प्रयोग हुनेछ । प्रेम सम्बन्धमा समस्या बढ्दै जानेछ ।

वृश्चिक राशि — नयाँ कामको थालनी गर्नलाई शुभ समय रहेको छ । नयाँ मित्रसँग भेटघाटको अवसर मिल्नेछ । मनोरञ्जनमा समय बित्नेछ ।

धनु राशि — प्रतिभाको कारण अरुको मन जित्न सकिन्छ । पारिवारिक सद्भाव बढ्नेछ ।आतिथ्य सत्कारको अवसर मिल्नेछ ।

मकर राशि — अधिकार प्राप्त गर्नलाई बढि मेहनत गर्नुपर्नेछ । रुखो बोलिका कारण सम्बन्धमा समस्या आउँन सक्छ विचार गरेर मात्र कुरा गर्नु होला ।

कुम्भ राशि — गलत काममा फस्न सकिन्छ सोचविचार गरेर मात्र अगाडी बढ्नु होला । पेटमा समस्या आउँला । अनावश्यक झमेलामा पर्ने समय छ ।

मीन राशि — सम्बन्धमा विश्वास बढ्ंदै जानेछ । श्रृङ्गारमा रुचि बढ्नेछ । उपहार प्राप्त हुनसक्छ ।