माघ, ११ काठमाडौ —सरकारले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरेपछि आन्दोलनमा उत्रेका नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेविसंघका ५ दर्जन भन्दा बढी पक्राउ परेका छन् ।
नेविसंघका कार्यकर्ताले पुरानो वानेश्वरमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी तोडफोड गरेका छन् । महामन्त्री कुन्दनराज काफ्लेको
नेतृत्वमा नेविसंघले नयाँ बानेश्वरमा जारी निषेधाज्ञा तोड्दै सरकार विरुद्ध प्रदर्शन गरेको छ । पक्राउ परेका नेविसंघका नेता–कार्यकर्ताहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लवमा राखेको छ ।