रूपन्देही,१६ भदौ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय बुटवलले तिजको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । श्रीकृष्ण जन्माष्टमी अवसर पारेर बिशेष कार्यक्रम सम्पन्न गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जन्माष्टिको अवसरमा बुटवलमा गोपनीहरुको रासलिला प्िरदर्शन सहित बिशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा पुनरावेदन अदालत बुटवलका न्यायधीश विरेन्द्र कुमार कर्ण, बटवल नगरपालीकाका प्रमुख कार्यकारी अधिकृत बाबुराम गौतम, नन्दिकेशर ढकाल, भुवा प्रसाद लुईटेलले बोल्नुभएको थियो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, पश्चिम नेपालका सह–निर्देशक राजयोगिनी ब्रह्माकुमारी कमला दिदीले सामूहिक रुपमा दीप जलाई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । विश्वविद्यालयले चाडपर्वको अवसरमा विबशेष कार्यक्रम गर्ने गरेको छ ।