माघ ८ काठमाडौं – प्रतिनिधीसभा हिजो आज सांसदहरुको लडामती गर्ने थलो भएको छ । कांग्रेसका नेताको नाममा रहेको अस्पताललाई वेवास्ता गरिएको भन्दै आज पनि प्रतिनिधीशभाको बैठक अवरुद्ध भयो । आजको बैठकमा सत्तापक्ष र विपक्षका प्रतिनिधी सभा सदस्यहरुविच धक्का धक्की भयो ।
कांग्रेसले आफ्ना नेताको नाम रहेको अस्पताललाई संघीय सरकारमातहत नल्याएसम्म सदन चल्न नदिने अडान राख्दै अवरोध सिर्जना गरेपछि सभामुख कृष्णबहादुर महराले पनि पेलेरै चिकित्सा शिक्षा विधेयकलाई अगाडि बढाउने कोशिष गरेका कारण सांसदहरुविच घमासन युद्ध पर्यो ।
सभामुखले चिकित्सा शिक्षा विधेयकका बारेमा छलफल अगाडी वढाउदा कांग्रेस सांसदहरु सबै उठेर रोष्टम घेराउ गर्न पुगे । आजको दोस्रो बैठकमा सभामुखले जबरजस्ती चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई समय दिएका थिए ।
तर कांग्रेसका सांसदहरु आक्रामक रुपमा प्रस्तुत भई शिक्षा मन्त्रीलाई घेरा हाली रोष्टमै जान दिएनन । अन्ततः सभामुख बाध्य भएर आजको दोस्रो बैठक पनि स्थगित गरे ।