बिस्कुट, चक्लेटका प्लास्टिकजन्य खोल सडकमा फालेमा ५० हजार जरिवाना

 

माघ,८ काठमाडौं — बिस्कुट, चक्लेट, चाउचाउ खाएर खोल जथाभावी फालेमा ५० हजार जरिवाना तोकिएको छ । उपत्यकाबासीलाई सभ्य बनाएर सडक सभ्यता बढाउन काठमाडौँ महानगरपालिकाले कडा नियम ल्याएको छ । यदि तपाईँले जथाभावी जङ्क फुडका खोल र प्लास्टिकजन्य फोहोर फाल्नु भयो भने ५० हजार जरिवाना तिर्नुपर्नेछ ।

महानगरपालिकाले पहिलो चरणमा यो नियम दरबारमार्ग, रत्नपार्क, शहिदगेट, पुतलीसडक र बागबजार क्षेत्रमा लागू गर्ने भएको छ ।

महानगरपालिकाले यो नियम कडाइका साथ लागू गर्न पसल मालिकहरुलाई पनि आफ्नो पसल अगाडि अनिवायर्य डस्टबिन राख्न निर्देशन दिने भएको छ ।