विदेशी बैंकमा पैसा राख्नेमाथि अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

 

माघ, ८ काठमाडौं – प्रधानमन्त्री कार्यालयले सम्पत्ति शुद्धीकरण विभागलाई विदेशी बैंकमा पैसा राख्नेमाथि अनुसन्धान गर्न निर्देशन दिएको छ ।
व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले बिभागलाई निर्देशन दिएको हो ।

खोज पत्रकारिता केन्द्र (खोपके) को टिमले खोज पत्रकारहरुको अन्तर्रा्ष्ट्रिय संयन्त्र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्ना्लिस्ट’ (आइसिआइजे) सँगको सहकार्यमा नेपालीले ५२ अर्ब सात करोड २७ लाख ७३ हजार रुपैयाँ अवैध धन ‘ट्याक्स हेवन’ (कर छलीका लागि अनुकूल देश) स्विट्जरल्यान्डको स्विस बैंकमा जम्मा गरेको समाचार प्रकाशन गरेको थियो।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा समेत विदेशी बैंकमा पैसा राख्ने नेपाली नागरिकका विषयमा अनुसन्धान हुने बताएका थिए।