देशका विभिन्न भागमा पानी पर्ने तथा हिमाली क्षेत्रमा हिउ पर्ने सम्भावना

माघ ८, काठमाडौं — आज देशका विभिन्न भागमा पानी पर्ने तथा मौसम बदली हुने पुर्वानुमान गरिएको छ ।  काठमाडौं उपत्यकामा बादल लागेको चिसो महसुस भइरहेकाले राति पानी पर्नसक्ने मौसमविदले पूर्वानुमान गरेको हो ।

अधिकांश स्थानमा पुर्ण बदली भई पश्चिममा केही भागमाहमा फाटफुट वर्षा हुने उच्च हिमाली क्षेत्रमा हिउ पर्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

अहिले पनि पश्चिमका केही स्थानहरुमा पानी पर्ने र उच्च पहाडी भागमा हिमपात जारी छ । मौसमविद कँडेलले कैलाली र त्यस आसपासमा गड्याङ्गगुडुङ्गसहित पानी परिरहेको र अहिले काठमाडौंदेखि पश्चिम अधिकांश उच्च पहाडी भूभागमा हिमपात भइरहेको बताईन् ।

त्यस्तै मौसमविद गंगा नगरकोटीले पश्चिमी वायुको प्रभावका कारण बदली हुने, पानी पर्ने र हिउ पर्ने क्रम बढेको बताए ।

काठमाडौं उपत्यकाको  आज बिहान साढे ६ बजेको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको थियो ।