पूर्वगभर्नर तिलक रावल १० लाख धरौटीमा रिहा

माघ ७, काठमाडौं—पोलिमर नोट छपाई सम्वन्धि भ्रष्टाचार मुद्दामा मुछिएका पूर्वगभर्नर तिलक रावल १० लाख धरौटीमा छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा र थुनछेक बहसपछि विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठले आज सोमबार रावलले १० लाख रुपैयाँ नगद नै बुझाएर बाहिरिएको बताए ।

अख्तियारले मुद्दा दायर गर्दा रावलसहित अन्य आरोपी फरार भएको उल्लेख गरेपछि विशेष अदालतले उनीहरुलाई १५ दिनभित्र हाजिर हुन आदेश गरेको थियो ।

रावल तोकिएको म्यादभित्रै विशेषमा हाजिर भएका हुन् ।