माघ ७ गते तपाईको आज

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशि —सामान्य दुर्घटनाको भय छ, सावधान भएर यात्रा गनुहोला । प्रेम सम्बन्धमा धोका हुनसक्छ ।

वृष राशि — वैदेशिक क्षेत्रको कामबाट सफलता मिल्नेछ । सुन्दर उपहार हात पर्न सक्छ । मन प्रशन्न हुनेछ ।

मिथुन राशि — रोजगारको अवसर गुम्नेछ । सम्बन्धको कारणले मन दुखी हुनसक्छ ।

कर्कट राशि — व्यक्तित्वमा निखार आउँनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कामको थालनी होला ।

सिंह राशि — वैदेशिक काममा ढिलाई हुनेछ । बसाईसाईको अवसर प्राप्त होला । दिन झमेलामा बित्नेछ ।

कन्या राशि — लामो समयसम्म रोकिएको रकम हात पर्नेछ । धार्मिक कार्यमा मन जानेछ । आफन्तको सत्कारमा समय बित्नेछ ।

तुला राशि —मनोरञ्जनमा समय बित्नेछ । प्रेमी प्रेमीकाको भेटघाट हुने अवसर मिल्नेछ । विधार्थीवर्गको लागि समय लाभदायक रहनेछ ।

वृश्चिक राशि — काम बिगार्ने पक्ष सक्रिय रहनेछन्, सजक भएर अगाडी बढ्नुहोला । मनमा अशुभ सोच आउँन सक्छ । अध्यनमा रुचि घट्नेछ ।

धनु राशि — स्वास्थ्यमा समस्या बढ्दै जान सक्छ । राम्रो अवसर गुम्न सक्छ धैर्य भएर काम गर्नु होला ।

मकर राशि — अधिकार प्राप्त हुनेछ । राजनीतिक कामबाट फाईदा मिल्नेछ । मानसम्मान प्राप्त हुनेछ ।

कुम्भ राशि — प्रतिस्पर्धामा सफलता मिल्नेछ । भाग्यले साथ दिनेछ । नयाँ व्यसायबाट फाईदा मिल्नेछ ।

मीन राशि — अविश्वासका कारण सम्बन्धमा दुरी बढ्दै जानेछ । अध्ययनमा रुची घट्नेछ । आर्थिक समस्याले सताउँन सक्छ ।

यसदिनमा बिहान ७.३० देखि ९ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।