माघ ६ गते तपाईको आजको ग्रह नक्षत्र

 

जोतिषआचार्य शिवराज रेग्मी

मेष राशि —साथीको सहयोगबाट आटेको काममा सफलता मिल्नेछ । व्यापारमा लगानी बढ्दै जानेछ । नजिकको यात्रा हुनेछ ।

वृष राशि — चिन्ताले स्वास्थ्यमा समस्या आउँनेछ । अधिकार प्राप्तिको लागि बढि संघर्ष गर्नुपर्ने छ ।

मिथुन राशि — विशिष्ट खालको सत्कार पाइनेछ । आफूले रुचाएको काम गर्न पाउँदा मन प्रशन्न रहनेछ । दाम्पत्य सुख मिल्नेछ ।

कर्कट राशि — नचाइने काममा समय बर्बाद हुनेछ । अध्ययनमा मन जानलाई गाह्रो हुनेछ । खर्च बढ्नेछ ।

सिंह राशि — सामाजिक सेवाको काममा संलग्न हुने अवसर प्राप्त हुनेछ । नयाँ मित्रसँग भेटघाटको अवसर मिल्नेछ । अप्रत्याशित रुपमा धन हात पर्नेछ ।

कन्या राशि —कार्यमा कुशलता आउँनेछ । घरपरिवारको सहयोगले आटेको काममा सफलता मिल्नेछ । भोजभतेरमा संलग्न भैएला ।

तुला राशि — अभिभावको सहयोग नपाउँदा काममा समस्या आउँनेछ । साना तिना झमेलाले दिन निराशपूर्ण बन्नेछ । प्रेम सम्बन्धमा समस्या आउँनेछ ।

वृश्चिक राशि — बोलीको कारणले बन्न लागेको काममा बाधा आउँनेछ । स्वास्थ्यमा सामान्य हुदा काममा मन नजाने देखिन्छ ।

धनु राशि — घरजग्गा जोड्ने अवसर प्राप्त हुनेछ । आर्थिक रुपमा सफलता मिल्ने देखिन्छ । पत्निको सहयोगले मन प्रशन्न हुनेछ ।

मकर राशि — विना संर्घष सफलता मिल्नेछ । सुखद यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ ।

कुम्भ राशि — अनावश्यक चिन्ताले सताउँनेछ । नजिकको साथीसँगको सम्बन्धमा समस्या आउँनेछ ।

मीन राशि — महत्वपूर्ण अवसर गुम्नेछ । मालसामान हराउँन सक्नेछ । हात पर्न लागेको धन फिर्ता जानेछ ।

यसदिनमा बेलुका ४.३० देखि ६ बजेसम्म राहुकाल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।