मन्त्रीको तलब,सुविधा सम्बन्धित मन्त्रालयबाटै भुक्तानी गरीने मन्त्रिपरिषद्को निर्णय

माघ, ४ काठमाडौ — मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरूको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । अबदेखि मन्त्रीको तलबलगायत सुविधा सम्बन्धित मन्त्रालयबाटै भुक्तानी गर्ने निर्णय गरेको हो । मन्त्रीहरूले दोहोरो सुविधा लिइरहेको समाचार प्रकाशित गरेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यसअघि मन्त्रीको तलब तथा सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट लिइने व्यवस्था थियो । तर, अब मन्त्रालयबाटै दिइने व्यवस्था गरिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । सरकारले यसअघि गृह मन्त्रालयले मन्त्रीलाई दिँदै आएको गाडीसमेत सम्बन्धित मन्त्रालयमै हस्तान्तरण गर्ने निर्णय गरेको छ ।