साउन ८, काठमाडौं – गैरकानूनी रुपमा सम्पति कमाएको भन्दै अख्तियारले सुनसरी–मोरङ सिंचाइ आयोजनाका पूर्वप्रमुख विनयकुमार सिंह र उनकी श्रिमती अलका सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिँचाई आयोजनामा पदीय दुरुपयोग गर्दै भ्रष्टाचार गरी १ करोड ४५ लाख ७६ हजार ६८८ रुपैया कमाएको आरोपमा अख्तियारले सिंह दम्पति बिरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । साथै सिंह र उनकी श्रिमतीको नाममा बैंकमा रहेको १ करोड ३२ लाख ७२ हजार २११ रुपैयाको समेत स्रोत नखुलेको भन्दै अन्य अचल सम्पत्ति समेतबाट बिगो बमोजिम जफत एवं असुलउपर गर्न माग गरिएको छ ।