पुस, २८ काठमाडौ —महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोको वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ ।
अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको सो अति दूर्लभ शल्यक्रियाका लागि पाँच घण्टा लागेको थियो । शल्यक्रियाबाट ती बिरामीको कलेजो वरिपरि पलाएको पाँच किलो तौलको ट्युमर झिकिएको थियो । अस्पतालका चिकित्सक निनादिनी श्रेष्ठ, प्रमेशसुन्दर श्रेष्ठ र अजित थापालगायत सहभागी थिए ।
रासस