अनशनरत डा. केसीको स्वास्थ्य नाजुक, छाती दुख्ने र पसिना आउने समस्या

पुस, २७ काठमाडौ — इलाममा १६ औं सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई बिहीबार रातिदेखि छाती दुख्ने र पसिना आउने समस्या देखिएको हो ।
राति समस्या देखिएपछि इलाम अस्पतालका चिकित्सकको टोलीले उनको स्वास्थ परीक्षण गरेका थिए। राति डा. केसीको प्रेसर घटेको थियो । कासीले १५ औं सत्याग्रहका क्रममा  साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न माग गरेका छन्।