विवेकशील साझा पार्टी टुक्रियो, नयाँ दलको नेतृत्वमा उज्वल थापा

पुस२७, काठमाडौं –  विवेकशील साझा पार्टी टुक्रिएको छ । पार्टी फुटेर नयाँ पार्टीका लागि ‘विवेकशील नेपाली दल’ को नाम प्रस्ताव गरिएको छ । नयाँ पार्टीको संयोजक रहेका उज्वल थापाले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिन भ्याएका छन् ।

रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल लगायत ३७ सदस्यीय रहेको केन्द्रीय समितिको नयाँ पार्टीका १६ जना दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

थापाले हालै विवेकशिल पार्टीले वाटो विराएर गलत बाटो हिँडिरहेको निष्कर्ष निकालेको थियो ।

तर, रवीन्द्र मिश्र संयोजक रहेको अर्काे पक्षले यस विषयमा छलफल नै नगरी ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु विगठन गर्ने र महिला तथा युवा संगठन बनाउने जस्ता सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेको बताएका छन् ।