जापानी विदेशमन्त्री तारो कानो र राष्ट्रपति बिच भेटवार्ता हुदै

पुस, २६ काठमाडौ —जापानका विदेशमन्त्री तारो कोनो र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता हुने भएको छ । विदेशमन्त्री तारोले आज शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसअघि उनले प्रधानमन्त्री र आफ्ना समकक्षी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटबार्ता गरेका थिए । ओलीर्सगको भेटवार्तामा आपसी हितका सन्दर्भमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ज्ञवालीसँग भेटवार्तामा जापान सँगको सिधा हवाई उडानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार अब नेपाल एयरलाइन्सले सातामा १४ वटा उडान भर्न पाउने छन् ।  २ दिने भ्रमणका लागि हिजो काठमाडौं आएका तारो आजै जापान फर्किने कार्यक्रम रहको छ ।