प्रतिनिधि सभाको बुधबार बस्ने बैठक असफल पार्ने काँग्रेसको योजना

पुष २४ काठमाडौं –नेपाली कांग्रेसका कारण बुधवार बस्ने प्रतिनिधि सभाको बैठक  प्रभावित हुने भएको छ । नेपाली कांग्रेस संसदीय दलको मंगलवारको बैठकले प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाएमा बुधबारको बैठक पनि अबरोध गर्ने निर्णय गरेको हो ।

गत आइतवारको बैठकमा प्रधानमन्त्रीको सम्बोधनपछि प्रश्न सोध्न नपाएको भन्दै बैठक अबरुद्ध गरेको नेपाली काँग्रेसले बुधबार पनि प्रश्न सोध्न नपाए बैठकमा अबरोध सिर्जना गर्ने चेतावनी दिएको छ ।

नेपाली काँग्रेसका सांसद प्रकाश स्नेहीले प्रतिनिधि सभा नियमावलिको दफा २१९ बमोजिम बुधवारको बैठकमा प्रधानमन्त्रीलाई उपस्थित गराई प्रश्न सोध्न पाउनुपर्ने काँग्रेसको अडान भएको बताएका छन् ।

प्रधानमन्त्रीको विकल्पमा उपप्रधानमन्त्रीले वा सभामुखले दिनसक्ने जवाफ नेपाली काङ्ग्रेसलाई स्वीकार्य हुने. छैन, उनले भने “नेपाली काँग्रेसको संसदीय दलको बैठकले संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय भएको पनि उनले जानकारी गराए” ।