वैदेशिक रोजगार विभागका सेवाग्राही माथि ठगी गर्ने ७ जना बिचौलिया पक्राउ

पुस, २४ काठमाडौ सेवाग्राही माथि गठी गर्ने ७ जना बिचौलिया प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कालिमाटी स्थित वैदेशिक रोजगार विभाग ठगी गर्नेहरुलाई पक्राउ पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेका २५ वर्षीय भरत तामाङ, काभ्रेका ३७ वर्षीय दिपु शाह, भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङ पट्यारीका २४ वर्षीय पुजन राई, काभ्रेका ३५ वर्षीय गणेश तामाङ, काठमाडौं बाफलका २० वर्षीय बिकल शाही र काठमाडौं बाफलकै २६ वर्षीय राजेश तामाङ रहेका छन् ।

प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट लागु औषध २३ ग्रामसहित १० जनालाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाइएको पनि महानगरी प्रहरी परिसर, काठमाडांैले जनाएको छ ।