सोसल मिडियामा किशोरीहरुको वढि व्यस्तता : नकारात्मक प्रभाव बढ्दो

पुष २२, वासिङ्टन डिसी – सोसल मिडियामा किशोरको तुलनामा किशोरीहरुको व्यस्तता वढेको एक अध्ययनले देखाएको छ ।

साथीहरुसँग सम्पर्क र सिक्ने प्रक्रियाका लागि सोसल मिडिया वढी सहयोगी भएको तर किशोरीहरुमाथी नकारात्मक प्रभाव बढेको लण्डन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको “इक्लिनिकल मेडिसिन” नामक जर्नलमा प्रकाशित अध्ययनले देखाएको हो ।

अध्ययनले १४ बर्षको उमेरका किशोरीहरु सामाजिक सञ्जालबाट वढि प्रभावित भएको औल्याएको छ । दैनिक झण्डै पाँच घण्टा सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरीहरुको शैक्षिक गुणस्तर पनि ५० प्रतिशतले घटेर गएको देखिएको छ ।

औसतमा दैनिक एक देखि तीन घण्टा सामाजिक सञ्जाल प्रयोग गर्नेहरुको पढाइ स्तर भने ठिकै देखिएकोछ ।

अध्ययनले सामाजिक सञ्जालको प्रयोग गर्नेहरुले धेरैजसो तनावपूर्ण, अशान्त र एक्लोपन अनुभव गर्ने गरेको पाइएको छ । त्यसैगरी कम सुत्ने, इन्टरनेटमार्फत् हुने दुव्र्यवहारमा पर्ने लगायतका समस्यामा पनि पर्ने गरेका छन् ।