प्रभु बैंंकका शेयरधनीले १० प्रतिशत लाभांश पाउने

पुष २२, काठमाडौं -प्रभु बैंंकका शेयरधनीले १० प्रतिशत लाभांश पाउने भएका छन् । बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७४÷७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश र कर प्रयोजनसहित पाँच दशमलव २६ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत पाउने भएका हुन् ।

बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयर धनीले १० प्रतिशत लाभांश पाउनेछन् ।