एक प्रदेशबाट अर्काे प्रदेशमा जान कर्मचारीलाई बाटो खुला

पुस २२, काठमाडौं — स्थानीय तहका कर्मचारी एक प्रदेशबाट अर्काे प्रदेशमा जान बाटो फुकुवा भएको छ । सरकार र आधिकारिक ट्रेड युनियनबीच नौबुँदे सहमतिले उनीहरुलाई एक ठाउँबाट अर्काे ठाउँमा जान सजिलो भएको भएको हो ।

सरुवा हुन पाउनेगरी कानुनी व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिबद्धता गरेको छ ।  सरुवा हुँदा सम्बन्धित दुई प्रदेश या स्थानीय तहका वीचमा भने सहमति आवश्यक पर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी निजामती कर्मचारीको शिक्षा, स्वास्थ्य र कर्मचारी कल्याण कोषलगायतका विषय संघीय निजामती सेवा ऐनमा समेट्ने, तीनै तहमा समायोजन हुने सरकारी सेवाका स्थायी श्रेणीविहीन कर्मचारीको स्तरवृद्धि र बढुवाको सम्बन्धमा आवश्यक कानुनी व्यवस्था मिलाउने तथा प्राविधिक कर्मचारीलाई बढुवा गर्दा सेवा प्रवेश गर्दा  न्यूनतम शैक्षिक योग्यताका आधारमा सफारिस गर्ने लगायतका वुँदामा सहमति गरिएको छ ।