पुष २०, काठमाडौं– राजश्व विभागले वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङविरुद्ध मुद्दा दर्ता गरेको छ । राजस्व छलेको आरोपमा विभागले तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
विभागले स्काई ओभरसिज सर्भिसेजका सञ्चालक तामाङले बैदेशिक रोजगारमा कामदार पठाउदा विदेशी कम्पनीले दिने कर राजस्व छलेको कसुरमा १९ करोड ५७ लाख ४३ हजार रुपैयाँ विगो जरिमाना सहित ३ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ ।
तामाङको बयान, बैंक खाता विवरण, नियन्त्रणमा गरिएका कागजपत्र लगायतका प्रमाणहरुको अध्ययन विश्लेषणबाट कर नतिरेको दावी गरेको छ ।
विभागले २०६६/०६७ देखि २०७३/०७४ सम्म प्राप्त भएको रकम कम्पनीको आम्दानी विवरणमा नखुलेकोले आयकर छली भएको प्रमाणित भएको राजश्व विभागले जनाएको छ ।