राष्ट्रिय वाणिज्य बैंकको ‘ब्राण्ड एम्बासडर’ मा श्रृंखला खतिवडा

पुुष, १९ काठमाडौं —राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल २०१८ बिजेता श्रृङखला खतिवडालाई ब्राण्ड एम्बासडर घोषणा गरेको छ ।

बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्ने उद्देश्यका साथ मिस नेपाल खतिवडालाई ‘ब्राण्ड एम्बेसडर’मा नियुक्त गरिएको घोषणा गरेको हो ।

बैंकले मुलुकभर ११० ओटा शाखा कार्यालय, १६५ वटा एटीएमा, १७ स्थानमा एक्सटेन्शन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।