सपथपछि चौधरीलाई माला र खादाले सम्मान गर्दै जेल पठाइयो

 

पुष, १९ काठमाडौं —प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएर रेशम चौधरी जेलतिर प्रथान गरेका छन् । उनलाई खादा र मालाले सम्मान गर्दै उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।

डिल्लीबजार कारागार बाट लिएर आएको प्रहरी टोलीले शपथ सकिएलगत्तै सिंहदरबारबाट कारागार फिर्ता लगेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्िचत राष्ट्रिय जनता पार्टी (राजपा) का नेता चौधरीले एक वर्षपछि सपथ लिएका छन् । अब सांसदकै हैसियतमा उनी जेल बस्नेछन् ।

कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका चौधरीविरुद्धको मुद्दा विचाराधीन रहेकै बेला चुनाव जितेको एक वर्षपछि उनले शपथ लिएका हुन् ।