इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड विजयी

पुष १९, काठमाडौं — इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडको जीत भएको छ ।

गए राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले न्युक्यास्टल युनाइटेडलाई २(० गोलअन्तरले पराजित गरेपछि जीत भएको हो । रोमेलु लुकाकु र मार्कुस राष्फोर्डले १÷१ गोल गरेपछि म्यान्चेस्टर युनाइटेडलाई जिताएका हुन् ।

पहिलो हाफमासम्म बराबरी भईरहेको खेल रोकिएपछिे दोस्रो हाफमा न्युक्यास्टलले दुई गोल खाएको थियो । खेलको ६४औं मिनेटमा लुकाकुले र ८०औं मिनेटमा राष्फोर्डले अर्काे गोलले म्यान्चेस्टर युनाइटेडको जीत ठहरिएको हो ।

जितपछि २१ खेलबाट ३८ अंक बनाएको म्यान्चेस्टर युनाइटेडले लिगको छैटौ स्थान हासिल गरेको छ । पराजित सहेको न्युक्यास्टल २१ खेलबाट १८ अंकमा सिमित भएको छ ।