पुष १८, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका ४२३ जनाको लाईसेन्स खारेज गरेको छ ।
पटकपटक गरी पाँच पटकभन्दा बढी मापसे गरी सवारीसाधन चलाएका४२३ सवारी चालकको लाईसेन्स खारेज गरेको हो । महाशाखाले ०६८ मङ्सिर १७ देखि मापसे चेक जाँच सुरु गरेको थियो ।
अहिलेसम्म एक लाख ७८ हजार १९८ चालकको सवारी लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले बताए ।
पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक आठ हजार ८४०, चौथो पटक तीन हजार १२३ र पाँचौ पटक एक हजार १३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो ।
‘खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ,’
आर्थिक वर्ष २०७०/७१ मा ५२ जना, २०७१/७२ मा १२२ जना, २०७२/७३ मा १३३, २०७३/७४ मा ४१, २०७४/७५ मा ५८ र चालू आवमा १७ जनाको गरी ४२३ चालकको लाइसेन्स खारेज गरिएको हो ।