१० बुँदे सिन्धुपाल्चोक घोषणा पत्र सहित जलवायु सम्मेलन सम्पन्न

पुस १८, सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको गुफाडाँडामा आयोजना गरिएको दुई दिने राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न भएको छ ।
१० बुँदे सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्दै राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले हरेक स्थानीय तहमा जलवायु मापन केन्द्र स्थापना गर्नेलगायतका १० बुँदे घोषणापत्र जारी गरेको हो ।
सम्मेलनले जलवायु अनुकुलका योजना निर्माण गरी यसको प्रभाव घटाउन सरकारसँग माग गरेको छ ।

सम्मेलनका सहभागीहरुले हिमालमा हिउँ पग्लदै गएको, पहाडी र तराईमा भुमीगत पानीका स्रोतहरु सुक्दै गएको, चिसो मौसमयमा पनि तापमक्रम वढ्दै गएको लगायतका समस्याहरुप्रति चिन्ता व्यक्त गरेका छन् ।  साथै उनीहरुले पहिरो जाने, वाढी आउने, खडेरी पर्ने, आगलागीका समस्या लगायतका समस्याहरुको न्यूनीकरणका लागि जलवायुअनुकुलनका कार्यक्रमहरुमा जोड दिनुपर्ने तर्क अघि सारेका छन् ।

जलवायु परिर्वतनको जोखिमका दृष्टिकोणवले नेपाल चौथो राष्ट्रको स्थानमा परेको छ । यसको जोखिम घटाउन र अनुकुलताको लागि वन क्षेत्रको विकास र संरक्षण जोड दिनुपर्ने सूचीमा परेको त्रिभुवन विश्वविद्यालयका डा. प्रमोदकुमार झाले बताए ।

सम्मेलनमा जलवायु क्षेत्रका विज्ञहरुले दुईदिनसम्म २२ वटा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरेका थिए । कार्यपत्रमा गरिएका सहभागीहरुको टिपपणीका आधारमा १० बुँदे घोषणा पत्र जारी गरिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

सम्मेलनमा ७५ जिल्ला समन्वय समितिका प्रतिनिधि, जलवायु विज्ञ, जिल्लाका स्थानीय तहका प्रमुखलगायतका सहभागी भएका थिए ।